काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. अनुप बास्तोलाको संयोजकत्वमा गुनासो सुनुवाइ इकाई गठन गरेको छ ।
इकाईमा संयोजक बास्तोलासहित सूचना प्रविधि निर्देशक रमेशराज सुवेदी, शाखा अधिकृत गौरीप्रसाद आचार्य र सूचना अधिकारी सदस्यको रूपमा रहनेछन् ।
स्वास्थ्य मन्त्रालय र मातहत निकायहरूको काममा सेवाग्राही तथा सरोकारवालाको गुनासो सुनुवाइ गर्न, सुझावहरूको कार्यान्वयन र जिज्ञासाको सम्बोधन गर्न इकाई गठन गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मंसिर १६ गते गुनासो सुन्ने इकाई गठन गर्ने निर्णय गरेका थिए । इकाईले सेवाग्राहीबाट प्राप्त गुनासो संकलन गर्ने, गुनासो सम्बोधनका लागि सम्बन्धित महाशाखामा तुरुन्त पेश गर्ने जिम्मेवारी पाएको छ ।




प्रतिक्रिया