बिमाको औषधि गुणस्तरीय नभएको भन्ने कुरा गलत हो : मन्त्री डा. शर्मा

बिमाको औषधि गुणस्तरीय नभएको भन्ने कुरा गलत हो : मन्त्री डा. शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले बिमा कार्यक्रममा भएका समस्याहरू क्रमश: सुधार गर्दै जाने प्रयासमा रहेको बताएकी छन् ।

सोमबार भक्तपुर क्यान्सर अस्पतालको ३१औं वार्षिकोत्सव एवं नवनिर्मित प्रयोगशाला भवनको उद्घाटनमा उनले बिमाको औषधि गुणस्तरीय नभएको भन्ने कुरा गलत रहेको भन्दै बिमा कार्यक्रममा भएका समस्याहरू क्रमश: सुधार गर्दै जाने प्रयासमा रहेको बताइन् ।

उनले भनिन्, ‘बिमाको औषधि गुणस्तरीय नहुने भन्ने कुरा गलत हो । त्यस्तो भ्रममा नपर्न अनुरोध गर्न चाहन्छु र आफ्नो निजी औषधि व्यवसाय हुनेहरू कसैले त्यो भ्रामक समाचार फैलाएको हुनसक्छ, त्यसतर्फ सबैजना सचेत हुन आग्रह गर्न चाहन्छु । बिमा कार्यक्रममा समस्याहरू छन्, त्यसलाई हामी क्रमश: सुधार गर्दै जाने प्रयासमा छौं ।’

उनले सरकारले संविधानमार्फत दिएको नि:शुल्क स्वास्थ्य सेवालाई कानून अनुसार आधारभूत स्वास्थ्य सेवा प्याकेज बनाएर ल्याएको भन्दै यसको कार्यान्वयनमा प्रतिबद्ध रहेको जनाइन् ।

आधारभूत अस्पतालहरूको उपकरणको बारेमा मन्त्रालयमा फाइलहरू हेर्नुपर्ने अवस्थामा छन् भने त्यसलाई हेर्न तयार रहेको उनको भनाइ छ ।

उनले आफू जेनजी आन्दोलनको मागमा मन्त्री भएको भन्दै जेनजी आन्दोलनले उठाएको भ्रष्टाचार निर्मूल र सुशासनको कुरालाई बिर्सिन नहुने पनि बताइन् । उनले भनिन्, ‘जेनजी आन्दोलनको मागपछि म मन्त्री भएको हुँ । हामी कसैले पनि बिर्सिन नहुने कुरा भनेको जेनजीहरूको भ्रष्टाचार निर्मूलको माग हो । उनीहरूले भ्रष्टाचार हटाउनका लागि नै भनेर आन्दोलन गरेका हुन् । हामी सबैले आफ्नो छातीमा हात राखेर कसम खाऊँ कि मबाट कुनै पनि गलत काम हुँदैन भनेर ।’