काठमाण्डु – स्वास्थ्य बिमा बोर्डले २०८२ चैत मसान्तसम्म सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई स्वास्थ्य बिमाबापत गर्नुपर्ने सम्पूर्ण भुक्तानी सम्पन्न गरेको जनाएको छ ।
बोर्डका अनुसार २०८२ चैत मसान्तसम्म सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई स्वास्थ्य बिमाबापत कुल २ अर्ब ६ करोड ४३ लाख ३४ हजार ७७२ रुपैयाँ भुक्तानी गरिएको हो ।
बोर्डले भुक्तानीसँगै २०८२ सालसम्म स्वास्थ्य बिमाबापत सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई गर्नुपर्ने भुक्तानी सबै सकिएको जनाएको छ ।
यससँगै स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत सेवा प्रदान गरेका स्वास्थ्य संस्थाहरूलाई अघिल्लो आर्थिक अवधिसम्मको दाबी बापतको भुक्तानी प्रक्रिया पूरा भएको बोर्डले जनाएको छ ।




प्रतिक्रिया