बिमाबापत एक लाख बराबरको उपचार सेवा यथावत छ : स्वास्थ्य बिमा बोर्ड

बिमाबापत एक लाख बराबरको उपचार सेवा यथावत छ : स्वास्थ्य बिमा बोर्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– स्वास्थ्य बिमा बोर्डले बीमितले पाउँदै आएको एक लाख रुपैयाँको उपचार सेवा सुविधा नघटाइएको स्पष्ट पारेको छ ।

बीमा कार्यक्रमअन्तर्गत तीन हजार ५ सय बराबरको योगदान बराबर पाँच जना परिवारले पाउने वार्षिक कुल एक लाख रुपैयाँ बराबरको उपचार सेवाको सीमा यथावत् राखिएको हो ।

बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार बोर्डले २५ हजार रुपैयाँ ओपिडी सेवा र ७५ हजार रुपैयाँ अस्पतालमा भर्ना तथा आकस्मिक सेवाका लागि प्रयोग गर्न सकिने गरी छुट्याएको छ ।

बोर्डले अनावश्यक रूपमा हुने ओपिडी सेवाको प्रयोग र दोहोरोपन रोक्न तथा गम्भीर, जटिल र ज्यान जोखिममा पर्ने रोगको उपचारका लागि स्रोत सुनिश्चित गर्नका लागि सेवाको रकम छुट्याएकाले सोहीअनुसार प्रयोग गर्न पनि आग्रह गरेको छ ।

स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत पाँच जना परिवारसम्मका लागि तीन हजार ५ सय रुपैयाँ बराबरको योगदानका आधारमा एक लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा सुविधा उपलब्ध गराइन्छ । यस्तै, थप प्रतिसदस्य सात सय रुपैयाँका दरले योगदान रकम थपिँदै जाने र प्रतिसदस्य २० हजार रुपैयाँ बराबरको सेवासुविधा थपिने प्रावधान रहेको छ ।