रोकथाम तथा नियन्त्रणमा प्रयोग हुने स्वास्थ्य सामाग्री जुटाउन सम्बन्धित देशहरुसँग पहल गर्न निर्देशन दिएको छ ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना संक्रमितको उपचारमा प्रयोग हुने स्वास्थ्य सामाग्री सहयोगका लागि पहल गर्न सम्बन्धित देशका राजदूतहरुलाई निर्देशन दिएका हुन् ।
मन्त्री ज्ञवालीले अक्सिजन, औषधि, खोप र अन्य स्वास्थ्य सामाग्रीहरु सहयोगका लागि पहल गर्न दूतावास, कूटनीतिक नियोगलगायतलाई निर्देशन दिएको मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् । उनले सबै देशका राजदूत र कूटनीतिक नियोगहरुलाई पत्र पठाएर निर्देशन दिएको जानकारी दिइन् ।
‘सबै देशका राजदूत, कूटनीतिक नियोगलगायतलाई पत्र पठाएर सहयोगजुटाउन निर्देशन दिएका छौं । साथै देशअनुसार स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको सहयोग सामग्रीको लिष्ट पनि पठाएका छौं’, उनले भनिन् ।
सरकारले कोरोना भाइरस संक्रमणको दोस्रो लहरपछि अन्तराष्ट्रिय समुदायहरुसँग सहयोगका लागि अपिल गरिरहेको छ ।




प्रतिक्रिया