काठमाण्डु – उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको पहलमा सुदूरपश्चिम प्रदेशका अस्पतालमा स्वास्थ्य सामाग्री खरिदका लागि बजेट निकाशा भएको छ ।
कोरोना भाइरसको संक्रमण तथा रोकथामका लागि सुदूरपश्चिम प्रदेशका तीन वटा अस्पताललाई आवश्यक पर्ने स्वास्थ्य सामाग्री खरिदका लागि बजेट निकासा गरिएको हो ।
मन्त्री भट्टसहित सांसदहरु नारद मुनि राना र निरु देबि पालको विशेष पहलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र डडेल्धुरा अस्पतालमा अक्सिजन ट्याङ्क, आइसीयू र भेन्टिलेटर खरिद गर्न २३ करोड ४० लाख बजेट निकासा गरेको हो ।
जसअनुसार सेती अस्पतालमा १० आइसीयू, ५ भन्टिलेटर र अक्सिजन ट्याङ्क खरिद गर्न ६ करोड ८० लाख, महाकाली अस्पतालमा १० आइसीयू, ५ भन्टिलेटरसहित एउटा अक्सिजन प्लान्ट र अक्सिजन ट्याङ्क जडान गर्न ९ करोड ८० लाख, त्यस्तै डडेल्धुरा अस्पतालमा पनि १० आइसीयू, ५ भन्टिलेटर र एउटा अक्सिजन टयाङ्क खरिद गर्न ६ करोड ८० लाख बजेट निकासा गरिएको हो ।





प्रतिक्रिया