सरकारले चीनबाट ल्याएका सामाग्री सातै प्रदेशमा पुर्‍यायो

सरकारले चीनबाट ल्याएका सामाग्री सातै प्रदेशमा पुर्‍यायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले चीनबाट ल्याएको स्वास्थ्य सामाग्री सातै प्रदेशमा पुर्याएको छ । प्रदेश नम्बर १, कर्णाली र सुदुरपश्चिम प्रदेशमा सेनाको स्काइ ट्रकमार्फत् सामग्री पुर्‍याइएको हो ।

चीनबाट खरिद गरि ल्याएका सामग्रीहरू सोमबार केही प्रदेशमा नेपाली सेनाको स्काइ ट्रक र केही प्रदेशमा ट्रकमार्फत् सामग्री पुर्‍याइएको हो ।

बागमती, गण्डकी र प्रदेश नम्बर २ र ५ मा ट्रकबाट सामग्री पुर्‍याइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । ‘विश्वव्यापी महामारीको रूपमा देखा परेको कोरनाभाइरस संक्रमितको उपचारका लागि चीनबाट ल्याइएको स्वास्थ्य सामग्री सबै प्रदेशमा पुगेको छ,’ थापाले भने ।

स्वास्थ्य व्यवस्था विभागका अनुसार प्रदेशमा एक हजार थान पिपिई, पिसिआर मेसीन, एन–९५ मास्कलगायत सामग्रीहरू पठाइएको हो ।