स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचार भएको समितिको ठहर, कारबाही गर्न अख्तियारलाई पत्र काट्ने निर्णय

स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचार भएको समितिको ठहर, कारबाही गर्न अख्तियारलाई पत्र काट्ने निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संसदको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामाग्री खरिद प्रकरणमा अनियमितता भएको ठहर गरेको छ ।

शुक्रबार बसेको समितिको बैठकले स्वास्थ्य सेवा विगभाले कोरोना संक्रमण नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री खरिदमा अनियमितता गरेको ठहर गर्दै कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र काट्ने निर्णय गरेको हो ।

ओम्नी बिजेनस कर्पोरेट इन्टरनेसनलसँग विभागले गत चैत १२ गते स्वास्थ्य सामाग्री खरिदका लागि सम्झौता गरेको थियो ।

समितिका सचिव रोजनाथ पाण्डेले खरिद प्रक्रिया नियमसंगत नभएको भन्दै दोषीमाथि कारबाही गर्न अख्तियारलाई पत्र पठाउने निर्णय भएको जानकारी दिए ।

‘खरिद प्रक्रिया नियमसंगत नभएको र यसमा संलग्न पदाधिकारीलाई करार गर्ने अवस्था सिजृना भएकाले यसको थप छानविन गरेर दोषी पत्ता लगाउने र कारबाही पनि गर्ने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखी पठाउने निर्णय समितिले गरेको छ,’ सचिव पाण्डेले भने ।