काठमाण्डु – सरकारले तत्काल लकडाउन गर्ने तयारी नभएको बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्काल लकडाउन गर्ने तयारी नभएको बताएको छ ।
मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीले ओमिक्रोन भाइरसको संक्रमण फैलिनेक्रममा रहेपनि तत्काल लकडाउन नहुने बताए । उनले अस्पतालको व्यवस्थापनमा जुटेको बताउँदै लकडाउन सामाजिक र आर्थिक पाटोसँग जोडिएकाले तत्काल सम्भावना नरहेको बताए ।
‘लकडाउन हुँदैन । यसबारे सरकारले केही निर्णय गरेको छैन,’ उनले भने, ‘परीक्षण, निगरानी, खोप पहिलो प्राथमिकता हो । अस्पतालको व्यवस्थापनमा जुटेका छौँ । लकडाउनको सोच छैन । लकडाउन सामाजिक र आर्थिक पाटोसँग जोडिएको छ ।’
लकडाउनबारे सामाजिक सञ्जालमा चर्चा भएपछि मन्त्रालयले यस्तो प्रतिक्रिया दिएको हो । नेपालमा आज दक्षिण अफ्रिकाबाट आएका एकसहित दुई जनामा संक्रमण पुष्टि भएको थियो ।




प्रतिक्रिया