काठमाण्डु – स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरसविरुद्धको खोप बजारमा आउने वित्तिकै नेपाली नागरिकले प्रयोग गर्न पाउने बताएका छन् ।
काठमाण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री ढकालले खोप प्रमाणित भएर अन्य देशका सर्वसाधारणका लागि उपलब्ध हुने वित्तिकै नेपाली नागरिकले पनि प्रयोग गर्न पाउने बताएका हुन् ।
मन्त्री ढकालले खोपको व्यवस्थापन र सहज उपलब्धताका लागि कानून संशोधन गरेर सरकार अगाडी बढेको बताए । अहिले परीक्षणका क्रममा रहेका भ्याक्सिनहरु प्रमाणित भएर बजारमा आउने बित्तिकै नेपाली नागरिकले पनि सहज रुपमा प्रयोग गर्न पाउने गरी आयात सहज बनाउन अध्यादेश मार्फत कानून संशोधन गरिएको उनले बताए ।
मन्त्री ढकालले कुनै एक प्रयोजनका लागि उत्पादन भएको औषधिहरु म्याद सकिएपछि पनि अर्को प्रयोजनका लागि प्रयोग गर्दा समस्या देखिने गरेको बताए । उनले तरकारी, फलफुल लगायतमा प्रयोग हुने कीटनाशक औषधिका कारण पनि मानवजीवनमा विभिन्न समस्या देखिने गरेको बताए ।




प्रतिक्रिया