कोभिड विरुद्धको २० लाख डोज खोप २ साताभित्र नेपाल आइपुग्छः मन्त्री त्रिपाठी

कोभिड विरुद्धको २० लाख डोज खोप २ साताभित्र नेपाल आइपुग्छः मन्त्री त्रिपाठी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले भारतीय कम्पनीसँग किन्न लागेको कोरोना भाइरसविरुद्धको खोप २ साताभित्र नेपाल ल्याइसक्ने बताएका छन् ।

आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री त्रिपाठीले खोप खरिदका लागि आवश्यक प्रक्रिया अगाडि बढीसकेकाले २ साताभित्र खोप नेपाल आइपुग्ने जानकारी दिएका हुन् । उनले खोप खरिदका लागि भारतको सिरम इन्स्टिच्युट अफ इन्डियालाई रकम पठाइसकेको समेत जानकारी दिए ।

सरकारले भारतबाट प्रतिखोप चार अमेरिकी डलरका दरले २० लाख डोज खोप ल्याउन लागेको हो । त्यस्तै २३ गतेबाट दोस्रो चरणको खोप अभियान सुरु हुने पनि मन्त्री त्रिपाठीले जानकारी दिए ।

दोस्रो चरणमा ६० वर्ष माथिकालाई खोप दिइने उनले बताए । त्यस्तै आउँदो जुन महिनासम्म सबै नागरिकलाई खोप दिइसक्ने सरकारको योजना छ ।