काठमाण्डु – बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको सचिवमा बद्रीबहादुर खड्का नियुक्त भएका छन् । हालै मात्र प्रदेशमा स्वास्थ्य मन्त्रालय छुट्याइएको थियो । मन्त्रिपरिषदको निर्णय अनुसार ११ औं तहका खड्कालाई प्रदेश सचिवको जिम्मेवारी दिइएको हो ।
सचिवमा नियुक्त हुनुअघि खड्का स्वास्थ्य कार्यालय काठमाडौंमा प्रमुखका रुपमा कार्यरत थिए । खड्का स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रको निर्देशक समेत भइसकेका छन् ।




प्रतिक्रिया