स्वास्थ्य मन्त्रालयले भन्यो: स्वास्थ्यकर्मीलाई लामो बिदा नदिनू

स्वास्थ्य मन्त्रालयले भन्यो: स्वास्थ्यकर्मीलाई लामो बिदा नदिनू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनशक्ति तथा स्वाथ्य सामाग्रीको ब्यवस्थापन गर्न देशभरका अस्पतालहरुलाई निर्देशन दिएको छ ।

स्वास्थ्य मन्त्रालयको आज बसेको निमित्त सचिव स्तरीय बैठकले अस्पतालको स्वीकृत दरबन्दी अनुसार कुनै पद रिक्त भएमा तत्काल व्यवस्थापन गर्न भनेको छ । यस्तै कुनै पनि चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लामो बिदा नदिन तथा बिदामा रहेका कर्मचारीहरुलाई तुरुन्त कार्यालयमा हाजिर हुन पत्राचार गर्न सबै अस्पताललाई निर्देशन दिएको छ ।

साथै, मन्त्रालयले कोरोना संक्रमितको संख्या बढ्दै जाँदा बेड अभाव हुन थालेपछि बहिरंग सेवा तथा इलेक्टिभ सर्जरी लगायतका सेवा बन्द गर्न पनि निर्देशन दिएको छ । यसैगरी मन्त्रालयले कार्यरत जनशक्ति मध्ये ५० प्रतिशत जनशक्तिको पालो निर्धारण गरि सेवा दिने व्यवस्था गर्न भनेको छ ।