प्रत्येक वडामा पुगेर ४० वर्ष माथिका सबै नागरिकको पिसाब जाँच गर्ने सरकारको तयारी

प्रत्येक वडामा पुगेर ४० वर्ष माथिका सबै नागरिकको पिसाब जाँच गर्ने सरकारको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले ४० वर्ष माथिका सबै नागरिरको पिसाव जाँच गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका सबै वडामा पुगेर ४० वर्ष उमेर समूह माथिका ६५ लाख ३७ हजार ३ सय २९ नागरिकको पिसाव जाँच गर्ने तयारी गरेको हो ।

मिर्गौला रोगबाट जोगाउन पूर्व सुरक्षाका लागि देशका प्रत्येक वडा वडामा पुगेर ४० वर्ष माथिका नागरिकको पिसाब जाँच गर्ने तयारी भइरहेको मन्त्रालयका सहसचिव डा. कृष्ण पौड्यालले जानकारी दिए । उनले ४० बर्ष माथिका देशभरका नागरिकको पिसाब जाँच गर्नका लागि प्रतिव्यक्ति ५० रूपैँयाको दरले ३२ करोड ६८ लाख ६६ हजार ४ सय ५० रुपैयाँ लाग्ने जानकारी दिए ।

सरकारले यो आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा ४० वर्ष माथिका नागरिकको रक्तचाप, पिसाब तथा रगतमा ग्लुकोज जाँच, स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरको वर्षमा एकपटक निःशुल्क जाँचको व्यवस्था गरेको थियो । सोही नीति कार्यान्वयन स्वरुप ४० वर्ष माथिका सबै नागरिकको पिसाब जाँच गर्न लागिएको हो ।