के छ स्वास्थ्यमन्त्री खतिवडाले सार्वजनिक गरेको प्रगति विवरणमा ?

के छ स्वास्थ्यमन्त्री खतिवडाले सार्वजनिक गरेको प्रगति विवरणमा ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले आफुले स्वास्थ्य मन्त्रालयको कार्यभार सम्हालेपछिको प्रगति विवरण सार्वजनिक गरेका छन् ।

२०७८ असोज २२ गते मन्त्रालयको कार्यभार सम्हालेका उनले शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै हालसम्मका  उपलब्धि सार्वजनिक गरेका हुन् ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवाले घोषणा गरेको ‘खोप, खोप र खोप’ अभियानलाई महत्व दिँदै कोरोनाको परिक्षण गर्ने प्रयोगशालाको संख्या बढाउनेदेखि पीसीआर परिक्षणको मूल्य घटाउनेसम्मका  विषय समेटेका छन् ।

मन्त्री खतिवडाले सार्वजनिक गरेका प्रगति विवरणमा ५–११ वर्ष उमेर समूहको बालबालिकालाई समेत कोभिड–१९ विरुद्धको खोप प्रदान गर्न खोपको उपलब्धता सुनिश्चितता भएको उल्लेख छ ।

त्यस्तै माघ २७ सम्म १२ वर्षभन्दा माथिको लक्षित जनसंख्याको ७७ प्रतिशतलाई पहिलो मात्रा र ६९ प्रतिशतलाई पूर्ण खोप प्रदान गरिएको छ । हालसम्म ४ करोड ६५ लाख ७० हजार ७२० मात्रा खोप प्राप्त भएको र खोप लगाएको मात्रा ३ करोड ४८ लाख २५ हजार ६०१ रहेको विवरणमा उल्लेख छ ।

त्यस्तै विगतमा जोखिममा रहेका गर्भवती महिलाहरूलाई मात्र खोप दिइएकोमा हाल सबै गर्भवती महिलाहरूलाई (पहिलो त्रैमासिकपछि) खोप दिने नीति अपनाइएको छ । उनले खोप आपूर्तिमा कुनै समस्या नभएको उल्लेख गरेका छन् । उनले कोभिड १९ विरुद्धको खोप अभियान राष्ट्रव्यापी रुपमा संचालन गरिएको बताएका छन् ।

कोभिड खोप सम्बन्धी कार्य प्रगति :