काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नक्कली खोप बेच्नेदेखि सतर्क रहन आग्रह गरेको छ । मन्त्रालयले सोमबार सूचना जारी गर्दै कसैले पनि शुल्क मागेर कोरोनाको खोप उपलब्ध गराउने कुरा गरेमा स्थानीय प्रशासन वा मन्त्रालयमा उजुरी दिन आग्रह गरेको छ ।
केहि दिनदेखि काठमाण्डु उपत्यका लगायत सहरी क्षेत्रमा कोरोना भाइरस विरुद्धको नक्कली खोप विक्री वितरण भएको समाचार सार्वजनिक भइरहेका छन् । यसैबीच, राष्ट्रिय उपभोक्ता मंचले पनि एक विज्ञप्ति जारी गर्दै नक्कली कोभिड खोप विक्री वितरणमा संलग्नलाई कार्वाही गर्न माग गरेको छ ।
सरकारले कोरोनाको खोप निःशुल्क वितरण गरिरहेको छ । तर केही व्यक्तिहरुले पूर्वी नाकाबाट काठमाण्डु लगायतका सहरी क्षेत्रमा कोभिडसिल्ड खोप भन्दै ३ देखि ५ हजारसम्म विक्री वितरण गरेको सूचना आएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।




प्रतिक्रिया