सरकारले २८ वटा जिल्लामा आरडीटी किट पठायो, २२ जिल्लामा कोरोना सङ्क्रमण

सरकारले २८ वटा जिल्लामा आरडीटी किट पठायो, २२ जिल्लामा कोरोना सङ्क्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले २८ वटा जिल्लामा १४ हजार सात सय र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटसहित स्वास्थ्य सामग्री पठाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले प्रदेश १, प्रदेश २, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका २८ जिल्लामा परीक्षण विस्तार गर्ने योजनासहित स्वास्थ्य सामग्री पठाइएको जानकारी दिए ।

यस्तै सरकारले काठमाडौं महानगरपालिका १३ मा तीन सय जनाको पीसीआर परीक्षण र सात सय जनाको आरडीटी परीक्षण गर्ने लक्ष्यसहित टोली खटाएको छ ।

यसैबीच नेपालका २२ जिल्लामा कोरोना सङ्क्रमण फैलिएको छ । बिहीबार तीन जना सङ्क्रमित थपिएसँगै २२ जिलामा दुई सय ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमितमध्ये एक सय ९७ जना पुरुष र ४८ जना महिला रहेका छन् ।

नेपालमा २० देखि ५० वर्ष उमेर समूहकालाई बढी सङ्क्रमण पुष्टि भएकोले सबै उमेर समूहकाले विशेष सावधानी अपनाउनुपर्ने मन्त्रालयले आग्रह गरेको छ ।

यसैबीच सरकारले अहिलेसम्म ८२ हजार तीन सय २७ जनाको कोरोना परीक्षण गरेको छ । १५ हजार ६ सय जना विभिन्न क्वरेण्टीनमा रहेका छन् । दुई सय ७२ जना आईसोलेशनमा छन् ।