काठमाडौं – अस्पतालले कोरोना भाइरसको आशंकामा बिरामी रेफर गर्नै र उपचार नपाएर मृत्युवरण गरेको घटनाप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आपत्ति प्रकट गरेको छ ।
मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले एक विज्ञप्ति जारी गर्दै बिरामीलाई एक अस्पतालबाट अर्को अस्पतालमा रेफर गर्दा सहज समन्वय नहुँदा बिरामीहरु प्रत्यक्ष मर्कामा परेको, उपचार नपाई मृत्यु भएको घटनाप्रति मन्त्रालयको ध्यानआकर्षणा भएको बताएका छन् ।
त्यस्तै मन्त्रालयले अन्य अस्पतालसँगको समन्वय बिना बिरामी रेफर नगर्न पनि निर्देशन दिएको छ ।
अस्पताल र चिकित्सकले बिरामी रेफर गर्दा रेफर भएर जाने अस्पताल÷चिकित्सकसँग प्रत्यक्ष सम्पर्क गरेपछि मात्र रेफर गर्न मन्त्रालयले निर्देशन दिएको छ।




प्रतिक्रिया