सरकारले कोरोना संक्रमितको उपचार गर्ने अस्पताललाई अनुदान दिने

सरकारले कोरोना संक्रमितको उपचार गर्ने अस्पताललाई अनुदान दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमित तथा शंकास्पद व्यक्तिहरुको उपचार गर्ने सबै अस्पतालहरुलाई अनुदान उपलब्ध गराउने भएको छ ।

मन्त्रालयले आइतबार सूचना प्रकाशित गरी ‘कोरोना भाइरसको संक्रमणको उपचार बापत अस्पताललाई अनुदान उपलब्ध गराउने सम्बन्धी अध्यादेश २०७७’ बमोजिम अनुदान उपलब्ध गर्न लागिएकोले दुई दिनभित्र विवरण पठाउन अस्पताललाई आग्रह गरेको छ ।

मन्त्रालयका अनुसार लक्षण नभएका वा सामान्य लक्षण भएका विरामी वापत प्रतिदिन दुई सय, सोही अवस्थाका बिरामी आइसोलेसन केन्द्रमा राखेबापत प्रतिदिन रु दुई हजार, सामान्य लक्षण भएका बिरामी अस्पतालमा राखे बापत प्रतिदिन रु तीन हजार पाँच सय, मध्यम जटिल बिरामीको प्रतिदिन सात हजार र जटिल तथा क्रिटिकल बिरामीको प्रतिदिन १५ हजार रुपैयाँ तोकिएको छ ।