काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मौसममा आएको परिवर्तनले वायु प्रदुषण बढेको भन्दै अत्यावश्यक बाहेकका काममा बाहिर ननिस्किन आग्रह गरेको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा वायु प्रदुषणका कारण स्वासप्रश्वासमा कठिनाईलगायतका विभिन्न समस्या देखिएकाले घर बाहिर नजान आग्रह गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘घरबाहिर खुलास्थानमा नबसौं, नखेलौं मर्निङवाकमा जाने वा घर बाहिर गए वा घर बाहिर गएर शारीरिक व्यायाम गर्ने गरिएको छ भने यस्तो अवस्थामा रोकौं । घरभित्रै बसौं, घरभित्रै व्यायाम गरौं । बालबालिका, दीर्घ रोगी, जेष्ठ नागरिकहरुको विशेष ख्याल गरौं ।’
मन्त्रालयले फोहोरको उचित व्यवस्थापन गर्न आग्रह गर्दै फोहोर जलाउने काम बन्द गर्न आग्रह गेको छ । धुलो धुँवा उड्ने खालका पेशा, व्यवसाय र निर्माण कार्य केही दिनलाई स्थगन गर्न आग्रह गर्दै मन्त्रालयले अत्यावश्यक काम बाहेक सवारीसाधन नचलाउन अनुरोध गरेको छ ।





प्रतिक्रिया