काठमाण्डु – सरकारले २४ घण्टा पनि नबित्तै निर्णय उल्ट्याएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल ट्रान्जिट बनाएर आउने विदेशीको पिसिआर परीक्षण गर्न निर्देशन दिएको छ । मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै ट्रान्जिट बनाएर नेपाल आउने भारतीयसहितका विदेशीको पिसिआर परीक्षण नगर्न निर्देशन दिएको थियो ।
मन्त्रालयले आइतबार सम्म क्वारेन्टाइनमा बसेकाहरुको सःशुल्क पिसिआर परीक्षण गर्न निर्देशन दिएको हो ।
‘नेपाललाई ट्रान्जिट बनाई अन्यत्र जान नेपाली बाहेकको हकमा हिजोसम्ममा नेपाल आई क्वारेन्टाइनमा बसेकाहरुलाई पिसिआर परीक्षण गरिदिनुहुन सबै प्रयोशालाहरुलाई सुचित गरिन्छ,‘ विज्ञप्तिमा भनिएको छ ।
आइतबार मन्त्रालयले ट्रान्जिट बनाएर आएका विदेशी नागरिकहरुको पिसिआर परीक्षण गरे कारबाही गर्ने चेतावनी दिएको थियो ।






प्रतिक्रिया