काठमाण्डु – सरकारले कोरोना भाइरसको संक्रमण दर उच्च रहेकाले स्वास्थ्यका मापदण्ड पालना गर्न सर्वसाधारणलाई अपिल गरेको छ । काठमाण्डु उपत्यकासहित २२ जिल्लामा कोरोना भाइरस संक्रमण उच्च रहेकाले घुमघाममा ननिस्कन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।
मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाण्डु, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया,कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरमा संक्रमण फैलने दर डरलाग्दो गरि बढिरहेको र उपचारकालागि अस्पतालमा शैया उपलब्ध गराउन नसकिने अवस्था आएकाले संवेदनसिल हुन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।
मन्त्रालयले कुनै पनि मार्गबाट देश विदेश जाने आउने वा आन्तरिक वाह्य पर्यटनका लागि कहि कतै जाने कामहरु पूर्ण रुपमा नगराउन, कुनैपनि सार्वजनिक स्थलहरुमा जाने, भीडभाड गर्ने कामहरु बन्द गर्न सबैसँग अपिल गरेको छ ।
देशको संरचनाले थेग्नै नसक्नेगरी संक्रमण फैलन लागेकाले स्वास्थ्य मापदण्डको पालना गर्न भनेको छ ।





प्रतिक्रिया