काठमाडौं – सरकारले कोरोना भाइरसको सम्भावित संक्रमको रोकथामका लागि ‘लकडाउन’ गरेको छ । नागरिकलाई सम्भावित संक्रमणबाट बच्न सरकारका सबै निकाय परिचालित छ ।
जनताको स्वास्थ्यको क्षेत्रमा काम गर्ने स्वास्थ्य मन्त्रलायका अधिकारी भने व्यक्तिगत ‘रिसिइवी’ साँध्न व्यस्त देखिएका छन् । स्वास्थ्यमन्त्रीकै अगाडि स्वास्थ्य मन्त्रालयका सचिव र महानिर्देशकबीच विवाद सिर्जना भएको हो ।
विश्वमा महामारीको रुप लिइरहेको कोरोना भाइरसका संक्रमित नेपालमा समेत देखिन थालेपछि सरकारले थप सतर्कता अपनाइरहेको छ । तर, स्वास्थ्य मन्त्रालयका अधिकारीबीच समन्वयको खाँचो देखिएको छ । सचिवले महानिर्देशकलाई ‘पेल्न’ खोज्दा यस्तो अवस्था सिर्जना भएको मन्त्रालयकै कर्मचारी बताउँछन् ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठ र स्वास्थ्य सचिव यादव कोइरालाबीच मन्त्री भानुभक्त ढकालकै अगाडि अशब्द प्रयोग गर्दै ‘तँ र म’म’को अवस्था सिर्जना भएको हो । स्वास्थ्य सचिव कोइरालाले महानिर्देशक श्रेष्ठलाई अपमान शैलीमा ‘तँ’ शब्द प्रयोग गरेपछि स्थिति असामान्य बनेको हो । यो घटना शुक्रबारको हो ।
मन्त्री ढकालकै अगाडि दुई उच्च पदमा रहेका कर्मचारी बाझाबाझ गर्न थालेका थिए । तर, मन्त्री ढकालले उक्त समयमा कुनै प्रतिक्रिया दिएनन् । सचिव कोइरालाले मन्त्री ढकालको आडमा महानिर्देशक श्रेष्ठमाथि अपमान गरेका थिए ।
पछिल्लो समय स्वास्थ्य मन्त्रालयको कार्यशैली अस्थिर बन्दै गएको छ । कसले कसलाई काम लगाउने, भन्ने विषयमा विवाद सिर्जना भएको देखिन्छ । यस विषयमा काठमाडौंपाटीले महानिर्देशक श्रेष्ठसँग बुझ्दा उनले ‘डिस्कस’ भएको स्वीकार गरे ।
स्रोतकाअनुसार सचिव कोइराला र महानिर्देशक श्रेष्ठबीच पुरानै द्वन्द्व रहेको बताइएको छ । कोइराला सामान्य प्रशासन मन्त्रालयको सचिव हुँदा नै समायोजनको विषयमा दुई जनाबीच निकै ठूलो विवाद भएको बताइन्छ ।




प्रतिक्रिया