काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भेरी अस्पतालमा बिहीबार राती भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा समिर कुमार अधिकारीले आज विज्ञप्ति जारी गर्दै भेरी अस्पतालमा चिकित्सक तथा नर्समाथि भएको आक्रमण प्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाएका छन् ।
कोरोना महामारीमा आफ्नो पेशागत धर्ममा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीमाथि कार्यस्थलमै सांघातिक हमला हुने खालका क्रियाकलाप हुनुु लज्जास्पद भएको स्वास्थ्य मन्त्रालयको ठहर छ ।
स्वास्थ्य मन्त्रालयले कुनै पनि बाहानामा स्वास्थ्यकर्मीमाथि हुने गैरकानुनी अमानवीय गतिविधिहरुमा शून्य सहनशीलता राखी कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८, मुलुकी फोजदारी कार्यविधि संहिता २०७२, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धि ऐन २०६६ अनुसार कडा भन्दा कडा कारबाहीको प्रबन्ध गर्न सम्बन्धित निकायलाई अनुरोध समेत गरेको छ ।
मन्त्रालयले स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ आफ्नो पेशागत धर्म निभाउने वातावरण बनाइदिन सबैलाई आग्रह गरेको छ ।





प्रतिक्रिया