अस्पतालहरुलाई सरकारले भन्योः काेराेनाकाे तेस्रो लहर आउनसक्छ तयारी अवस्थामा रहनू


काठमाण्डु – सरकारले कोरोना भाइरसको तेस्रो लहर आउने भन्दै तयारी अवस्थामा रहन आग्रह गरेको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै निषेधाज्ञा खुकुलो भएसँगै कोरोनाको जोखिम बढेकाले तयारी अवस्थामा रहन सबै अस्पतालहरुलाई आग्रह गरेको हो ।

मन्त्रालयका सह–प्रवक्ता समिर कुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संक्रमणको बढ्दो अवस्थाले चुनौतीपूर्ण तेस्रो लहर आउने सक्नेतर्फ मध्यनजर गर्दै सबै स्वास्थ्य संस्थाहरुको अक्सिजन, शैयालगायतका पूर्वाधारहरु तथा सेवाहरु चुस्तदुरुस्त राख्नुहुनु अनुरोधसमेत छ ।’

मन्त्रालयले मोरङ, सुनसरी, झापा, काठमाण्डु, भक्तपुर, ललितपुर, चितवन, कास्की, रुपन्देही र कैलालीमा पाँच सय भन्दा बढी सक्रिय संक्रमित रहेको जनाएको छ । त्यस्तै ३६ वटा जिल्लामा २०० भन्दामाथि सक्रिय संक्रमित रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement