कति छ स्वास्थ्य मन्त्रालयको बेरुजु ?

कति छ स्वास्थ्य मन्त्रालयको बेरुजु ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु तीन अर्ब रुपैयाँ बेरुजु देखिएको छ । महालेखा परीक्षकले सार्वजनिक गरेको ६१औँ वार्षिक प्रतिवेदनमा स्वास्थ्य मन्त्रालय र मातहतका निकायतर्फ तीन अर्ब ३८ करोड ९७ लाख ५९ हजार रुपैयाँ बेरुजु देखिएको हो ।

प्रतिवेदनअनुसार सरकारी कार्यालयतर्फ १७ निकायमा २१ करोड ५१ लाख ४५ हजार रुपैयाँ बेरुजु देखिएकामा प्रारम्भिक प्रतिवेदन उपलब्ध गराएपछि आठ निकायले एक करोड २१ लाख ९६ हजार रुपैयाँ फस्र्यौट गरेकाले २० करोड २९ लाख ४९ हजार रुपैयाँ बेरुजु बाँकी छ । सोमध्ये दुई करोड ३२ लाख ९६ हजार रुपैयाँ म्याद नाघेको पेस्की रहेको छ ।

यस्तै, विगतका प्रतिवेदनमा खरिद योजनाअनुसार खरिद नगरको दरबन्दीअनुसार पदपूर्ति नभएको, असार महिनामा बढी खर्च गरेको, विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्ड अनुसार मेडिकल अडिट नगराएको, केन्द्रीय आर्थिक विवरण यथार्थपरक नभएको, सोझै खरिद गरेको, भुक्तानीमा कर कट्टी नगरेको, पारिश्रमिक कर कट्टी नभएको र कोनाल्ट तथा सिटी सेमुलेटर मेसिन यो वर्ष पनि जडान एवं सेवा सञ्चालन नगरेको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको छ । मन्त्रालयबाट छनोट भई छात्रवृत्तिमा गएका विद्यार्थीले सम्झौताबमोजिम कार्य गरे/नगरेकामा अद्यावधिक लगत नराखेको बेहोराहरूमा सुधार नभएको प्रतिवेदनमा उल्लेख छ ।