चिकित्सक ऐन संशोधन गर्न तीन वटा कार्यदल गठन

चिकित्सक ऐन संशोधन गर्न तीन वटा कार्यदल गठन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– चिकित्सक ऐन संशोधनका लागि सरकारले तीन वटा कार्यदल गठन गरेको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको अग्रसरतामा नेपाल चिकित्सक संघसँग भएको सम्झौता कार्यान्वयनका खाका तयार गर्न प्रमुख स्वास्थ्य प्रशासक डा. यदुचन्द्र घिमिरेको नेतृत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको हो ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ र मुलुकी अपराध संहिता, २०७४ मा स्वास्थ्यसँग सम्बन्धित दफामा आवश्यक संशोधनका लागि प्रतिवेदन बनाउने कार्यदल रहेको छ।

जसकालागि स्वास्थ्य मन्त्रालयको उपचारात्मक सेवा महाशाखाका निर्देशक डा. पवनजंग रायमाझीको नेतृत्वमा कार्यदल गठन गरिएको छ।

कार्यदलका सदस्यमा वरिष्ठ नर्सिङ प्रशासक बाला राई, चिकित्सक संघका डा.विश्वराज दवाडी, डा.संयुक्त आचार्य र डा. राकेश शाह रहेका छन्।

त्यस्तै, कानुन मन्त्रालयका प्रतिनिधि सदस्य राखिएको छ भने स्वास्थ्य मन्त्रालयका कानुन अधिकृत सुरेश चौलागाईलाई सदस्य सचिव तोकिएको छ। तीनै कार्यदललाई १५ दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको छ।

यस्तै सम्झौता कार्यान्वयनका खाका तयार गर्न प्रमुख स्वास्थ्य प्रशासक डा। यदुचन्द्र घिमिरेको नेतृत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको छ।

कार्यदलका सदस्यमा उपसचिव राजेन्द्रप्रसाद लम्साल, स्वास्थ्य सेवा विभागका मेडिकल अधिकृत डा. राहुल झा, नेपाल चिकित्सक संघका डा. सञ्जिव तिवारी, डा. तेजसु सिंह मल्ल र डा. पल्पसा श्रेष्ठ सदस्य रहेका छन्। स्वास्थ्य मन्त्रालयमा मेडिकल अधिकृत डा. नवराज जोशीलाई सदस्य सचिव तोकिएको छ।

यस्तै उपभोक्ता संरक्षण ऐन, २०७५ मा स्वास्थ्यसम्बन्धी विषयमा आवश्यक संशोधनका लागि कार्यदल गठन गरिएको छ। मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. रोशन न्यौपानेको नेतृत्वमा चिकित्सक संघका अध्यक्ष डा. बद्रि रिजाल, डा. विना श्रेष्ठ, डा. योगेश भण्डारीलाई सदस्य तोकिएको छ।

त्यस्तै, कानुन मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा प्रतिनिधिलाई सदस्य राखिएको छ। यसमा स्वास्थ्य मन्त्रालयका कानुन अधिकृत जयकुमार सुवेदीलाई सदस्य सचिव तोकिएको छ।