काठमाण्डु – स्वास्थ्य मन्त्रालयले पीसिआर परीक्षण दर निषेधाज्ञाका कारण घटेको बताएको छ । गएको हप्तादेखि हिजो(बुधबार) सम्मको पिसिआर परिक्षण हुने दर घटेपछि यसबारे चौतर्फी चासो हुन थालेको थियो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण प्रसाद पौडेलले संक्रमणका लक्षण भएका व्यक्ति परीक्षण गर्न नआएको अथवा निषेधाज्ञाको कारण परीक्षण केन्द्रसम्म जान नसकेकाले घटेको मुख्य कारण हुनसक्ने बताए । उनले सरकारले पीसीआर परीक्षण घटाउने नभइ बढाएको साथै एन्टिजेन परीक्षण पनि ७७ वटा जिल्लामा पुगिसकेको बताए ।
बुधबार मात्र १६ हजार ८७८ वटा स्वाव नमुना परिक्षण गर्दा ५ हजार ३१६ जनामा संक्रमण रहेको पुष्टि भएको थियो । यो परीक्षणमा गएको नमुनाहरुको ३१.४९ प्रतिशत हो । यस्तै मृत्युको संख्या १०० जनाभन्दा माथि छ ।
यसरी परीक्षण गर्ने दर घट्न थालेपछि संक्रमणको जोखिममा नै निषेधाज्ञा हटाउने रणनीति लिएको हो कि भनेर शंका गर्न थालिएको छ ।




प्रतिक्रिया