स्वास्थ्य मन्त्रालयले भन्यो : कोभिडको जोखिम कायमै छ, हतारमा विद्यालय नखोल्नू

स्वास्थ्य मन्त्रालयले भन्यो : कोभिडको जोखिम कायमै छ, हतारमा विद्यालय नखोल्नू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग छलफल गर्दै स्वास्थ्य मन्त्रालयले हतारमा विद्यालय नखोल्न निर्देशन दिएको हो ।

विद्यालय खोल्ने वा नखोल्ने भन्ने विषयमा त्यहाँ रहेको स्थानीय तहले निर्धारण गर्ने मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनले विद्यालय खोल्नुभन्दा अगाडि नजिकैको स्वास्थ्य संस्था र स्थानीय निकायसँग समन्वय गर्नसमेत निर्देशन दिएको बताए ।

उनले स्थानीय तहमा रहेको कोभिड–१९ को जोखिम आँकलन गरी जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सिफारिसका आधारमा शिक्षा मन्त्रालयले जारी गरेको विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा–२०७७ पालना गरी मात्रा विद्यालय खोल्न भनिएको बताए ।

शिक्षक, कर्मचारी र विद्यार्थीलाई कोभिड–१९ सँग आवश्यक अभिमुखीकरण गरी विद्यालय खोल्न निर्देशन दिएको छ । विद्यालयले यही असोज १ गतेदेखि खोल्ने तयारी गरिएको छ ।

विद्यालय खोल्नुअघि ती ठाउँमा परीक्षण र उपचारको व्यवस्था समुचित व्यवस्था मिलाउनसमेत भनिएको छ । विद्यालय खोल्नुअघि बालबालिकाको स्वास्थ्य र उपचार गर्नुपर्ने उनले बताए ।

उनले कोभिड–१९ को सङ्क्रमण घटे पनि जोखिम नघटेको बताए । ‘सबै पालिकामा एउटै अवस्था छैन । सबै विद्यालयमा पनि एउटै अवस्था छैन’ उनले भने, ‘त्यसैले विद्यालयको अवस्था र स्वास्थ्यको मापदण्ड पालना गर्नसक्ने स्थिति हेरी मात्र विद्यालय खोल्नुहोस् ।’