चिकित्सा शिक्षा आयोगले निर्देशकका लागि आवेदन माग्यो

चिकित्सा शिक्षा आयोगले निर्देशकका लागि आवेदन माग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – चिकित्सा शिक्षा आयोगले निर्देशक नियुक्तिका लागि आवेदन माग गरेको छ । निर्देशक नियुक्तिका लागि नाम सिफारिस समितिले मंगलबार सूचना निकालेर कात्तिक २१ गतेभित्र इच्छुकले आवेदन पेश गर्न आग्रह गरिएको हो ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को दफा २८ को उपदफा १ बमोजिम व्यवस्था भएअनुसार निर्देशनालय वा बोर्डमा काम गर्न निर्देशन नियुक्त गर्न लागिएको हो ।

‘निर्देशक पदमा आवेदन दिन इच्छुकले पाँच सय शब्द नबढाइ आफ्नो व्यक्तिगत सोच र बायोडाटा राष्ट्रिय योजना आयोगको शिक्षा सचिवालय वा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको प्राविधिक शिक्षा शाखामा कात्तिक २१ गतेभित्र पेश गर्न’ सूचनामा भनिएको छ ।