काठमाडौं – सरकारले स्वास्थ्य र सुरक्षाकर्मीको तलब नकाट्न निर्देशन दिएको छ । कोरोना भाइरस रोेकथाम तथा उपचार कोषमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब कट्टा नगर्न निर्देशन दिएको हो ।
प्रहरी प्रधान कार्यालयले अधिकृत तहदेखि माथिका प्रहरीको तीन देखि सात दिनसम्मको तलब कट्टा गरी कोषमा जम्मा गर्ने निर्णय गरेको थियो ।
उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिको बैठकले सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब काटेर कोषमा नराख्ने निर्णय गरेको हो ।
जनताको सेवामा २४ घण्टा खट्ने स्वास्थ्य र सुरक्षाकर्मीको तलब कट्टा गरेको भन्दै सरकारको आलोचना भएको थियो ।




प्रतिक्रिया