मुटुरोगलाई समयमै व्यवस्थापन नगरे हुनसक्छ हृदयघात, कसरी जोगिने ?

मुटुरोगलाई समयमै व्यवस्थापन नगरे हुनसक्छ हृदयघात, कसरी जोगिने ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कुनैपनि व्यक्तिमा मुटुको कोठा, मुटुको भल्व र मुटुको रक्तनलीमा हुने समस्यालाई मुटुरोग भनिन्छ । मानिसमा जन्मजात मुटुको रोग हुने गर्दछ । यसबाहेक मुटुको वाथरोग हुने, मुटुमा ब्लक हुने समस्यासमेत हुने गर्दछ ।

कुनै व्यक्तिमा मुटुको चाल गढवढ हुने (एरीदमिया) समस्या, मुटुले पर्याप्त रुपमा काम गर्न नसक्ने अवस्था (हार्ट फ्लेयर) समेत हुने गरेको देखिन्छ । मुटुको ब्लकलाई वास्ता नगर्दा वा समयमा उपचार नगर्दा हृदयघात समेत हुन्छ । पहिले भन्दा पछिल्लो समय शहरी क्षेत्रमा मुटुका विरामीको दर बढेको छ ।

खानपानमा पर्याप्त ध्यान नदिँदा तथा योग, ध्यान र कसरत नगर्दा यस रोगका विरामीहरु दिनानुदिन बढ्दै गएका छन् । यसैगरी बढी तनाव लिँदासमेत मुटुरोग हुने गरेको छ ।

ब्लडप्रेसर र सुगरको कारणले मुटुरोग बढ्ने गरेको पाइन्छ । सुगर र ब्लड प्रेसरका विरामी बढी हुँदा मुटुरोगका विरामी समेत बढ्ने गरेका छन् । खासगरी मानसिक तनावको समस्या, धुम्रपान, मद्यपानका कारणले मुटुरोग हुने गर्दछ । ब्लडप्रेसर, सुगर र कोलेस्टोरको समस्या भएपनि विरामीले हेलचक्र्याईँ गरेको पाईन्छ । यसरी हेलचक्र्याँई गर्दा मानिसहरुलाई हृदयघातको समस्या देखिन्छ ।

४० वर्ष उमेर कटेका विरामी मुटुको समस्याका कारण बढी मात्रामा अस्पतालमा आउने गरेको पाईन्छ । उक्त उमेर समूहका मानिसमा पहिलेको तुलनामा बढी मात्रामा मुटुको रोग देखिएको पाईन्छ । नियमित रुपमा चेकजाँच नगर्दा समस्या देखिने गरेको पाईन्छ । पछिल्लो समय सामाजिक सञ्जालको बढी मात्रामा प्रयोगका कारण मुटुरोग सम्बन्धी जनचेतना बढेको पाईन्छ ।

मानिसहरु मुटु दुख्नासाथ अस्पताल आएर डाक्टरको परामर्श लिने गर्नुहुन्छ ।ब्लड प्रेसरको समस्या अहिले २० देखि ३० दशकका व्यक्तिलाई पनि देखिन थालेको पाईन्छ । उक्त उमेर समूहका मानिसलाई ब्लड प्रेसरको समस्या देखिने र औषधी सुरु गर्नुपर्ने अवस्था आएको छ । उक्त उमेर समूहका कतिपय ब्लड प्रेसरका विरामीहरु औषधी खान मान्नुहुन्न । ब्लड प्रेसर भएका विरामीले समयमै औषधी खाए दुर्घटना हुनबाट बच्न सकिन्छ ।

पछिल्लो समय अनावश्यक रुपमा तनाव लिने, धुम्रपान तथा मद्यपानको सेवन गर्ने, पर्याप्त मात्रामा नसुत्ने, मांसाहारी खाना अत्याधिक खाने, पर्याप्त रुपमा चिल्लो पदार्थ खान गर्नाले मुटुरोगको समस्या अत्याधिक मात्रामा देखिने गरेको पाईन्छ ।


मुटुरोग भएका मानिसहरुले नियमित रुपमा प्रेसर, सुगर र कोलेस्टोल जाँच गर्नुपर्ने हुन्छ । कुनै समस्या देखिहाल्यो भने डाक्टरको परामर्श लिनुपर्ने हुन्छ । यस्तै, विरामी हुन नदिनका लागि खानपानमा विशेष ध्याद दिनुपर्ने हुन्छ ।

सकेसम्म शाहकारी भोजनलाई प्रोत्साहन दिनुपर्छ । शाहकारी भोजन स्वास्थ्यका लागि राम्रो कुरा हो । कुनैपनि व्यक्तिले रोग लाग्न नदिनका लागि दैनिक आधा घण्टा ९३० मीनेट०देखि एक घण्टासम्म नियमित रुपमा व्यायम गर्नुपर्छ । यस्तै रातको समयमा ६ देखि ८ घण्टासम्म नियमित सुत्नुपर्ने हुन्छ । विरामी हुन नदिनका लागि तनावलाई व्यवस्थापन गर्नु उत्तम उपाय हो ।

(डा. मिलनप्रकाश श्रेष्ठ श्रेष्ठ ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीका वरिष्ठ मुटुरोग विशेषज्ञ हुन् ।