६ घन्टा बन्द भएर फेरी चल्न थाल्यो महिलाको मुटु, डाक्टरनै चकित


बार्सिलोना – मानिसको मुटुले एक पटक काम गर्न छोड्यो भने मृत्यू हुन्छ । तर विश्वमा यस्ता किसिमका चमत्कार पनि हुने गर्छ जसलाई पत्याउनै मुश्किल हुने गर्छ । जिन्दगी र मृत्यूसँग जोडिएको यो चमत्कार कैयौ पटक सामान्य मानिसका साथै मेडिकल साइन्सलाई पनि हैरानीमा पार्ने खालको हुने गरेको छ । बार्सिलोनामा यस्तै भएको छ । याहाँ एक महिलाको मुटु ६ घन्टासम्म रोकिएर फेरी चल्न थालेको छ । डाक्टरले यसलाई दुर्लभ घटना भएको बताएको छ ।

३४ वर्षकै अड्रीलाई यस्तै भएको छ । बार्सिलोनामा बस्ने अड्री हालसालै हाइकिङका लागि पति रोहनसँग स्पेनको पर्वतीय इलाकामा गएकि थिइन् । यसैबीच हिउको आधी आयो र उनीहरु दुवै यसमा फसे । तीव्र बर्फिलो हावाको प्रभाव यस्तो थियो कि अड्रीले यसलाई सहन सकिनन् र केही समयपछि उनको मुटुको धड्कन बन्द भयो र उनी बेहोस भइन् ।

तीव्र आधिका कारण उद्धार र बचाउ सेवा पनि ढिलोगरी मात्रै उनी भएको ठाउँमा पुग्यो । उनी बेहोस भएकाले उनको शरीरमा कुनै हलचल देखिएन । व्यापाक हिउमा घन्टौ बेहोस भएकि पत्नीलाई रोहनले मरिसकेको मानेका थिए । तर, जब ६ घन्टापछि बार्सिलोनको एक अस्पतालमा भर्ना गरिएपछि डाक्टर अड्रीको जीवन बचाउन सफल भए र डाक्टर पनि यो घटनाबाट अचम्मित भएका छन् ।

डाक्टरका अनुसार हाइपोथर्मियाका कारण अड्रीको मुटुको धड्कन रोकिएको थियो । तर यसले उनको शरीर र मस्तिष्कमा कुनै नोक्सानी पुगेन । यसपछि उनको ज्यान बचेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement