तारागांउ रिजेन्सी होटलको जग्गा विवादः १५० रोपनी जग्गा फिर्ता ल्याउन संसदीय समितिको निर्देशन

तारागांउ रिजेन्सी होटलको जग्गा विवादः १५० रोपनी जग्गा फिर्ता ल्याउन संसदीय समितिको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– संसदको अन्तराष्ट्रिय सम्बन्ध समिति अन्तर्गतको उपसमितिले तारागांउ रिजेन्सी होटललाई दिइएको १५० रोपनी जग्गा फिर्ता ल्याउन सरकारलाई निर्देशन दिएको छ । नेकपाका नेता समेत रहेका सांसद अग्नि प्रसाद सापकोटाको नेतृत्वमा गठित उपसमितिले आइतबार आफ्नो प्रतिवेदन संसदीय समितिलाई बुझाउंदै सरकारलाई १३ बुंदे निर्देशन दिएको हो ।

प्रतिवेदनमा तारागाउं रिजेन्सी होटल्सलाई हक हस्तान्तरण गरि दिएको १५० रोपनी जग्गा नेपाल सरकारको स्वामित्वमा ल्याउन भनिएको छ । यस्तै हक हस्तान्तरणको सम्पूर्ण प्रक्रिया गैह्र कानुनी रहेको भन्दै छानबिन गर्न पनि प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा तारागाउँ विकास समितिका पदाधिकारी र होटलका व्यवस्थापकले अख्तियार दुरुपयोग गरेको पाइएकाले कारबाही गर्न पनि भनिएको छ। प्रतिवेदनमा प्रक्रिया र्पुयाएर भाडा सम्झौता रद्द गर्न निर्देशन दिइएको छ ।