जाडोमा आगो, हिटर, गिजर चलाउँदा कस्तो सावधानी अपनाउने ?


काठमाण्डु- पुस महिना सुरु भए सँगै जाडो अत्यधिक बढेको छ । जाडोयाममा शरीर वा कोठालाई न्यानो बनाइ राख्‍न हामी आगो ताप्ने, हिटर बाल्ने तथा पानी तताउन गिजरको प्रयोग गर्ने गर्दछौँ ।

तर यी सामाग्रीको प्रयोग गर्न नजान्दा वा सावधानी नअपनाउँदा धेरै घटनाहरू घट्ने गरेका हुन्छन् ।  तर हामीले केही कुरामा मात्र ध्यान दिए त्यस्ता दुर्घटनाबाट बच्‍न सकिन्छ ।

कसरी सावधानी अपनाउने?

– हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बाल्ने वा गिजर प्रयोग गर्नुपर्छ ।

-कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नतापौं

-आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामग्री नजिकै नराखौं ।

-आगो तापिसकेपछि त्यसलाई पूर्ण रुपमा निभाउने गरौं

-सुत्नुअघि अनिवार्य रुपमा हिटर निभाउने गरौं

-गिजरको मुख्य मेसिनलाई बाथरुम बाहिर खुला ठाउँमा जडान गरौं

-गिजर खोलेर लामो समयसम्म बाथरुममा बस्ने नगरौं

Image

 

प्रतिक्रिया दिनुहोस
Advertisement