काठमाण्डु- दक्षिणपश्चिम चीनको गुईझोउ प्रान्तका विभिन्न भागहरूमा भारी बर्षा भएको छ । भारी वर्षाको कारण प्रान्तका नौ हजार १०० भन्दा बढी बासिन्दाहरूलाई सुरक्षित स्थानमा लगिएको अधिकारीहरूले बताएका छन् ।
प्रभावित क्षेत्रहरू मध्ये, कियानानको बौई-मियाओ स्वायत्त प्रान्तको डुयुन सहरले बाढी नियन्त्रणका लागि आपतकालीन अवस्था घोषणा गरेका विद्यालयहरु बन्द गर्न आदेश दिएको जनाइएको छ ।
अहिलेसम्म बाढीका कारण कुनै हताहत भएको खबर नआएको जनाइएको छ । वर्षाले प्रान्तका केही भागहरूमा बिजुली आपूर्तिमा पनि बाधा पुगेको छ, भने विजिुली आपूर्ति मर्मतका लागि एक हजार भन्दा बढी पावर ग्रिड मर्मत कर्मीहरू परिचालन गरिएको जनाइएको छ ।
प्रान्तीय मौसम विज्ञान विभागका अनुसार सोमबार देखि मंगलबार सम्म प्रान्तका २० वटा भन्दा बढी स्थानमा काउन्टी-स्तरका क्षेत्रहरूमा भारी वर्षा भएको छ, जसमध्ये चार वटा स्थानमा यस समय अवधिमा २०० मिलीमीटर भन्दा बढी वर्षा भएको जनाइएको छ ।




प्रतिक्रिया