हेलिकप्टरमार्फत गर्भवतीको उद्धार

हेलिकप्टरमार्फत गर्भवतीको उद्धार

file photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा – सुत्केरी समस्यामा रहेकी गर्भवतीको हेलिकप्टरमार्फत शुक्रबार उद्धार गरिएको छ ।

जिल्लाको जगन्नाथ गाउँपालिका–४ महतीकी २६ वर्षीया सागरा दमाईंलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

सुत्केरी व्यथा लागेर बूढीनन्दामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएकी दमाईंको अवस्था जटिल भएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी (सीडीओ) भीमकान्त पौडेलले जानकारी दिए ।

सीडीओ पौडेलका अनुसार कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट गर्भवतीको अवस्था जटिल भएको पत्र प्राप्त भएपछि प्रशासनको समन्वयमा उक्त महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उद्धार ५ वर्षयता ३८ जना बढी गर्भवती तथा सुत्केरीको सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । दुर्गमका गर्भवती र सुत्केरीको अवस्था जटिल भएमा उद्धार गरी उनीहरुको ज्यान बचाउने गरी सरकारले उक्त कार्यक्रम सञ्चालन गर्दैै आएको छ ।