काठमाण्डु- सोलुखुम्बुबाट काठमाण्डुका लागि उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे अध्ययन गर्न सरकारले छानबिन समिति बनाउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किरातीले मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे अध्ययन गर्न छानबिन समिति बनाउने बताएका हुन् ।
मंगलवार बिहान सोलुखुम्बुबाट काठमाण्डुका लागि उडेको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिकेमा दुर्घटना हुँदा मेक्सिकोका ५ जना यात्रु र एक नेपाली पाइलटको मृत्यु भएको छ ।




प्रतिक्रिया