नेपाली हेलिकप्टर सीमामा उड्दा भारतमा खैलाबैला, गुप्तरचरसँग जानकारी मागियो

नेपाली हेलिकप्टर सीमामा उड्दा भारतमा खैलाबैला, गुप्तरचरसँग जानकारी मागियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँ दिल्ली – नेपालको एक हेलिकप्टर सोमबार भारतीय सीमा क्षेत्रमा उडेको सूचनापछि सुरक्षा एजेन्सीमा खैलाबैला भएको छ ।

सुरक्षा एजेन्सीले प्रशासन र उच्च अधिकारीलाई यसको बारेम जानकारी गराएको थियो । हेलिकप्टर कसको थियो र यसको भारतीय सीमामा प्रवेश गर्ने उद्देश्य के थियो भन्ने विषयमा पत्ता लगाउने प्रयास भइरहेको छ । नेपालसँग पनि यस विषयमा जानकारी लिने प्रयास भइरहेको भारतीय पक्षले जनाएको छ ।

सोमबार साँझ करिब साढे ४ बजे एक गाढा हरियो रङको हेलिकप्टर नेपालको भुजेला गाउँबाट बनबासा शारदा ब्यारेज र एसएसबी क्याम्पको माथिबाट करिब डेढ मिनेटका लागि गएको थियो ।

हेलिकप्टर करिब ३ देखि ५ सय मीटरको उचाइमा उडिरहेको थियो । करिब १ देखि डेढ मिनेटपछि हेलिकप्टर नेपालतर्फ फर्किएको अमर उजालाले जनाएको छ ।

प्रत्यक्षदर्शीका अनुसार हेलिकप्टर नेपाली सेनाको रङको जस्तो देखिएको थियो । जसमा नेपालको झन्डा पनि अंकित थियो । नेपाली अधिकारी बीसी पन्तका अनुसार नेपाल प्रशासनबाट उक्त विषय सम्बन्धिको जानकारी मागिएको छ ।

जासुसी तन्त्रलाई पनि यो विषयमा जानकारी संकलन गर्नका लागि भनिएको छ । उनले भनेका छन्, ‘नेपाली हेलिकप्टर भारतीय सीमासम्म आउनुका पछाडिको कारण पत्ता लगाउने प्रयास भइरहेको छ ।’