भारतीय सेनाले पाउने भयो फ्रिगेट हेलिकोप्टर


एजेन्सी – हिन्द महासागरमा चीनको उपस्थितिबाट चिन्तित भएको भारतले उसको सामना गर्नका लागि अमेरिकाबाट विविध किसिमको हतियार पाउने भएको छ । हालै भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमणको समयमा गरिएको ३ अर्ब डलरको रक्षा सम्झौता अन्तर्गत विविध किसिमका हतियार पाउन लागेको हो । यी हतियार मध्ये अमेरिका निर्मित एमएच–६० सी हक रोमियो हेलिकप्टर पनि रहेको छ ।

हालै भएको सम्झौतामा भारतले बहुप्रयोगको २४ वटा मल्टियूज एमएच–६० आर सी हक हेलिकप्टर किन्ने पनि रहेको छ ।  एमएच–६० आर सी हक हेलिकप्टरले पुरानो भइसकेको बेलायत निर्मित सी किङ हेलिकप्टरलाई विस्थापित गर्नेछ ।

१५,१५७ करोड भारुको यो हेलिकप्टर फ्रिगेट, विध्वंसात्मक पोत, क्रुज र तथा विमान वाहक पोतबाट संचालन गर्न सकिन्छ । एउटा हेलिकप्टरको मूल्य २ करोड ८० लाख डलर पर्छ ।

एमएच–६० आर सी हक हेलिकप्टरलाई समुद्रमा उड्ने फ्रिगेटको रुपमा हेरिएको छ । यो हेलिकप्टरमा कयौं मोड भएको राडार, नाइट भिजन उपकरण, हेलिफायर मिसाइल, एमके–५४ टरपीडो तथा रकेट राखिएको हुन्छ, जसले सत्रुको सबमरिनलाई ध्वस्त पार्न सक्छ ।

भारतसँग हाल १४० युद्धपोत रहेका छन् । तर यस किसिमको आक्रमण गर्न सक्ने नेभल हेलिकप्टरको अभाव हुदै आएको थियो । विश्वभरीमा करिब ३०० एमएच–६० आर सी हक हेलिकप्टरको प्रयोग हुदै आएको छ । यो हेलिकप्टरको मारक क्षमता करिब ८३४ किलोमीटर रहेको छ र वजन ६८९ किलोको रहेको छ ।

ट्रम्पको भारत भ्रमणको समयमा ६ अपाचे–६४ई हेलिकप्टर खरिदको सम्झौतामा हस्ताक्षर भएको छ । यी हेलिकप्टरको मूल्य ५६९१ करोड भारु पर्छ । यो पुरै आक्रमण गर्ने हेलिकप्टर हो र केही समय पहिले यसलाई भारतीय वायुसेनामा समावेश गरिएको थियो । अब अपाचे–६४ई को भूमिका हेरेर भारतीय सेनाले यसलाई आफ्नो बेडामा समावेश गर्न लागेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement