बाग्लुङबाट काठमाण्डु उडेको हेलिकोप्टर नुवाकोटमा आकस्मिक अवतरण

बाग्लुङबाट काठमाण्डु उडेको हेलिकोप्टर नुवाकोटमा आकस्मिक अवतरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बाग्लुङको गलकोटबाट काठमाण्डुका लागि उडेको हेलिकोप्टर नुवाकोटमा आकस्मिक अवतरण गरिएको छ । उडिरहेको हेलिकोप्टरमा चरा ठोकिएपछि हेलिकोप्टर आकस्मिक अवतरण गरिएको हो ।

हेलिकप्टरमै सवार गलकोट नगरपालिका–३ का वडा अध्यक्ष वीरजंग भण्डारीले उडिरहेको हेलिकप्टरमा चरा ठोक्किएपछि नुवाकोटको बेलकोटगढी गाँउपालिकामा आकस्मिक अवतरण गर्नुपरेको जानकारी दिए । उनले पाइलटसहित हेलिकप्टरमा रहेका ६ जना नै सुरक्षित रहेको बताए ।