संखुवासभा – संखुवासभामा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा पाइलटसहित ४ जना घाइते भएका छन्। अरुण तेस्रोको सामान पुर्याएर फर्किँदै गरेको हेलिकप्टरकाे पंखा भित्तामा ठोक्किएर दुर्घटना हुँदा पाइलटसहित ४ जना घाइते भएका हुन् ।
उनीहरूलाई नेपाली सेना र सिम्रिक एयरको हेलिकोप्टरबाट काठमाडौं ल्याइएकाे छ। पाइलट सुरेन्द्र पौडेल , स्थानीय भविन गुरूङ ,चेपुवाका छिरिङ भोटे घाइते भएका हुन्।
अपर अरूण जलविद्युत आयोजनाको सामान झारेर फर्किने क्रममा शुक्रबार दिउँसो 9 N-AJZ कलसाइनको हेलिकोप्टर संखुवासभाको भोटेखोला- ४ सिप्रुङको जिजिङ्खामा दुर्घटनामा परेको हो।




प्रतिक्रिया