काठमाण्डु – मनाङ एयर हेलिकप्टर दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ। मंगलबार बिहान १० बजे सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ‘नाइन एनए-एमभी’ कलसाइनको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका-५ स्थित लाम्जुरापास क्षेत्रमा दुर्घटना भएको हो।
हेलिकाेप्टरमा सवार एक नेपाली पाइलटसहित पाँचजना मेक्सिकनकाे शव फेला परेकाे जिल्ला प्रशासन कार्यालय, साेलुखुम्बले जनाएकाे हाे। सम्पर्कविहीन रहेकाे हेलिकाेप्टर ११: २४ मिनेटमा लामजुरा पास नजिकै देउराली भन्ज्याङमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएकाे थियाे।
हेलिकाेप्टर पाइलट चेतबहादुर गुरुङले चलाएका थिए। घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेनाको टोलीसमेत गइसकेको छ।




प्रतिक्रिया