हेलिकप्टर दुर्घटना :पर्यटन व्यवसायी आङ छिरिङ शेर्पाको अन्त्येष्टि गरियो

हेलिकप्टर दुर्घटना :पर्यटन व्यवसायी आङ छिरिङ शेर्पाको अन्त्येष्टि गरियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – बुधबार ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन भएका यति एयरलाईन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको पनि आइतबार अन्त्यष्टि गरिएको छ।

हेलिकप्टर दुर्घटनामा गरी गत बुधबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीसहित निधन भएका शेर्पाको आइतबार बौद्ध परम्परा अनुसार काठमाडौंको टेकू दोभानमा अन्त्यष्टि गरिएको हो।

पर्यटन व्यवसायीको रुपमा अन्तराष्ट्रिय क्षेत्रमा समेत चिर परिचित भएका शेर्पाको अन्त्यष्टिमा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रका पर्यटन व्यवसायीहरु पनि सहभागी भएका थिए।

विमान चालकहरुको समेत उल्लेख्य सहभागिता रहेको शेर्पाको अन्त्यष्टिमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, कांग्रेस उपसभापति विजयकुमार गच्छदार, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता योगेशकुमार भट्टराई, विभिन्न राजनीतिक दलहरु सांसदहरुको पनि सहभागिता रहेका थिए ।

नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष समेत भएका स्वर्गीय शेर्पाले नेपालको पर्यटन क्षेत्रको विकासमा अतुलनीय योगदान पु¥याएका छन्। शेर्पासँगै गत बुधबार हेलिकप्टर दुर्घटनामा परी निधन भएका मन्त्री अधिकारीसहित अन्य ६ जनाको गत शुक्रबार नै अन्त्यष्टि गरिएको थियो।