काठमाडौं – सिन्धुपाल्चोकको बाह्रबिसेमा आएको बाढीपहिरोबाट घाइते भएका चार जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।
बिहीबार बिहान बाढीसँगै आएको पहिरोमा परेर घाइते भएकामध्ये चार जनालाई हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएको हो ।
कैलाश एयरको हेलिकोप्टरमा शुवेश तामाङ र सविता बस्नेत र माउन्टेन एयरको हेलिकोप्टरले फुर्वा तामाङ र १० दिनको बच्चालाई काठमाडौँ ल्याइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी प्रज्वल महर्जनले जानकारी दिए ।
बाह्रबिसे र भोटेकोशीमा आएको पहिरोमा परेर दुई जनाको मृत्यु हुनुका साथै २१ जना बेपत्ता भएका छन् ।




प्रतिक्रिया