काठमाण्डु– भारतको उत्तरकाशीमा हेलिकप्टर दुर्घटना भएको छ ।
बिहिबार बिहान तीर्थयात्री बोकेको हेलिकप्टर उत्तरकाशीको गंगानीक्षेत्रमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार क्याप्टेन रोबिन सिंहले चलाएको हेलिकप्टर सहस्त्रधारा हेलिप्याडबाट उडेको थियो भने खरसाली जाँदै गरेको थियो ।
उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले बिहीबार सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’मा उत्तरकाशीको गंगनानी नजिकै भएको हेलिकप्टर दुर्घटनाप्रति शोक व्यक्त गरे।
प्रहरी र प्रशासनसँगै विपद् व्यवस्थापन टोली पनि घटनास्थलतर्फ प्रस्थान गरेको छ ।
प्रतिक्रिया