पूर्वाधार विकास मन्त्रालयले सडक, पुल, खानेपानीलगायत पूर्वाधारसम्बन्धी समस्या तथा गुनासोको सुनुवाइका लागि ‘हेल्लो पूर्वाधार’ सेवा सञ्चालनमा ल्याएको छ।
मन्त्रालयले नागरिकले भोगिरहेका पूर्वाधारसम्बन्धी समस्यालाई सहज रूपमा सम्बोधन गर्ने उद्देश्यले उक्त सेवा सुरु गरिएको जनाएको छ। सेवामार्फत सडक, पुल, खानेपानी तथा अन्य पूर्वाधारका विषयमा नागरिकले आफ्नो गुनासो, सुझाव र जानकारी सम्बन्धित निकायसम्म पुर्याउन सक्नेछन्।
मन्त्रालयका अनुसार टोल–फ्री नम्बरमार्फत कार्यालय समयभित्र प्रत्यक्ष कल गरी गुनासो दर्ता गर्न सकिनेछ। साथै अन्य माध्यमबाट २४सै घण्टा गुनासो तथा जानकारी उपलब्ध गराउन सकिने व्यवस्था गरिएको छ।
मन्त्रालयले नागरिक र सरकारबीचको सम्बन्धलाई थप प्रभावकारी बनाउन तथा सेवा प्रवाहलाई नागरिकमैत्री बनाउने लक्ष्यसहित ‘हेल्लो पूर्वाधार’ सेवा सञ्चालनमा ल्याइएको जनाएको छ।
मन्त्रालयले नागरिकलाई पूर्वाधारसम्बन्धी समस्या तथा गुनासो निःसंकोच रूपमा जानकारी गराउन आग्रह गर्दै प्राप्त गुनासोको आवश्यक सुनुवाइ र समन्वय गरिने बताएको छ।




प्रतिक्रिया