कराँते खेलाडीलाई उपचार खर्च सहयोग

कराँते खेलाडीलाई उपचार खर्च सहयोग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय खेलाडी कल्याणकारी कोषले २ कराँते खेलाडीलाई स्वास्थ्य उपचारका लागि सोमबार आर्थिक सहयोग उपलब्ध गराएको छ ।

कोषले सिद्धिकीताज बबरलाई १ लाख ५० हजार तथा विपिनराजसिंह दर्जीलाई ७५ हजार प्रदान गरेको छ । सिद्धिकी सवारी दुर्घटना परी घाइते भएका थिए भने विपिन मिर्गौलाको समस्याबाट पीडित छन् ।

कोषका अध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले खेलाडीलाई चेक हस्तान्तरण गरे ।

सो अवसरमा कोषका सदस्य सचिव एवं नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, राष्ट्रिय टीम तयारीका निर्देशक दीपक विष्ट, नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का उपनिर्देशक एवं शारीरिक सुगठनका मुख्य प्रशिक्षक राजेन्द्ररत्न तुलाधरको उपस्थिति थियो ।