१३ वर्षअघि एकै परिवारका चारसहित पाँच जनाको हत्या गरेर फरार भएका पक्राउ

१३ वर्षअघि एकै परिवारका चारसहित पाँच जनाको हत्या गरेर फरार भएका पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं– बाँकेकाे नेपालगञ्जमा १३ वर्षअघि भएकाे एक हत्या घटनाका मुख्य याेजनाकार भनिएका किशोरीलाल सोनी पक्राउ परेका छन्।

१३ वर्षअघि २०६२ साल फागुन २३ गते नेपालगञ्जको सदरलाइनमा ८२ वर्षका गुलावदेवी हेमकार, ६२ वर्षका जगदेव हेमकार, ४५ वर्षका सीतादेवी हेमकार, ३२ वर्षका दीपक हेमकार र कामदार बाँके कुसुमका राम शनिच्चर चौधरीको घाँटी रेटी हत्या फरार भएका भनिएका साेनीलार्इ प्रहरीले  शनिबार भारतीय सीमा नजिकको जमूनाहबाट पक्राउ गरेकाे हाे। मृतक चाैधरी बाहेक  चार जना एकै परिवारका थिए।

 उत्तर प्रदेश सीतापुर जिल्ला बिसवाह बजार स्थायी घर भइ लखनउ सीतापुर प्रियदर्शनी कलोनीमा बस्दै आएका  सोनीलाई प्रहरीले अाइतबार सार्वजनिक गरेकाे हाे।  सोनी दीपकका आफ्नै ससुरा हुन् ।

हेमकार परिवारका चारजनाको हत्या भएपछि सम्पत्ति सोनीकी छोरी अर्थात दीपककी पत्नीको नाममा गएको थियो । हेमकार परिवारको नाममा भएको सम्पत्ति पत्नीको नाममा स्थानान्तरण भएपछि सस्तो मूल्यमा बिक्रि भएको पाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अरुण पौडेलले हत्याकाण्डमा अन्य व्यक्तिहरु समेत अनुसन्धानको दायरामा रहेको जानकारी दिए।