सेनामा किन भयो रथीको जिम्मेवारी हेरफेर ? बलाधिकृतरथीमा थापा,बलाध्यक्षमा कुँवरले पाए जिम्मेवारी


काठमाडौं– नेपाली सेनाका रथी हेमन्त कुवरलाई प्रधानसेनापति राजेन्द्र क्षत्रीले दज्र्यानी चिह्न प्रदान गरेका छन् । सेनाको युद्धकार्य महानिर्देशक रहेका कुवरलाई मन्त्रिपरिषद्को कार्तिक २७ गते बसेको बैठकले रथीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

 

 

 

सैनिक मुख्यालयमा बिहिवार आयोजित कार्यक्रममा रथी कुवरलाई सेनापतिले दज्र्यानी चिन्ह प्रदान गरेका हुन ।

 

 

 

कुवरलाई सेनाको बलाध्यक्ष कार्यालयको जिम्मेवारी दिइएको छ । अमेरीकामा सैनिक सहचारी बसेका कुवरले सेनाको अपरेशन र गुप्तचर विभागको प्रमुखको जिम्मेवारी समेत यसअघि नै सम्हालिसकेको अनुभव छ ।

 

 

बलाधिकृतरथीमा थापा

सेनाका बलाध्यक्षरथी पूर्णचन्द्र थापालाई बलाधिकृतरथीको जिम्मेवारी दिइएको छ । आगामी भदौमा प्रधानसेनापति बन्ने लाइनमा रहेका थापालाई सेनामा निकै महत्वपुर्ण मानिने बलाधिकृतरथीको जिम्मेवारी दिइएको हो ।

 

 

सेनामा अपरेशन,बन्दोबस्ती, र सैनिक गुप्तचरजस्ता महत्वपूर्ण विभाग बलाधिकृतरथीको मातहतमा रहने भएकाले पनि यसलाई प्रधानसेनापति पछि सबैभन्दा शक्तिशाली विभागका रुपमा हेरिन्छ । सेनामा प्रधानसेनापतिको लाइनमा रहेका रथीलाई बलाधिकृतरथीको जिम्मेवारी दिने प्रचलन समेत छ ।

सेनामा वरियतामा दोस्रो नम्बरमा रहेका थापाले फोर्स कमाण्डरको जिम्मेवारी समेत सम्हालिसकेका छन् । रथी थापाले सेनामा सैनिक सहायक,कल्याणकारी विभागको प्रमुख, सम्भाररथी विभागको प्रमुख र बलाध्यक्षरथीजस्ता महत्वपुर्ण सबै विभागमा काम गरिसकेका छन् । उपरथी  हेमन्त कुवर रथीमा बढुवा भएपछि थापाको ठाउमा उनलाई जिम्मेवारी दिइएको छ ।

 

 

रथीद्धय थापा र कुवर एउटै बेसिकका सैनिक अधिकृत हुन । हालका प्रधानसेनापति क्षत्रीले भदौ २४ मा अवकास पाएपछि उनको ठाउमा थापाले प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्नेछन् भने कुवरले रथीबाट अवकास पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement